दोधरा चाँदनीमा पूर्वानुमानमा आधारित घटना अभ्यास गरियो

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यसम्बन्धी नमूना घटना अभ्यास गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहजिकरणमा दोधारा चाँदनी नगरपालिकामा टेबल नमुना घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो।

maya metro hospital

कार्यक्रममा विपद् जोखिम तथा त्यसको प्रभाव न्यूनिकरणको लागि मौसम पूर्वानुमानमा आधारित ३ दिन अगावैको सूचना पाए कस्तो प्रकारको पूर्व तयारी गर्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रतिकार्यसम्बन्धी टेबल नमूना घटना अभ्यास गरिएको हो।

कार्यक्रममा खोज तथा उद्धार विषयगत समिति, खाद्य समिति, गैर खाद्य समिति, सुरक्षा तथा संरक्षण समिति, स्वास्थ्य समिति, खानेपानी तथा सरसफाई समिति, शिक्षा समिति र शीघ्र पुनर्लाभ विषयगत समितिहरूले बाढीको सूचना पाउनु पूर्व, बाढी आएपछि र बाढी आईसकेपछि कसरी आफ्नो जिम्मेवारी वहन गर्ने भन्ने विषयमा आधारित रहेर अग्रिम प्रतिकार्य नमुना घटना अभ्यास गरेका थिए।

attariya hospital

दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले विपद्को पूर्व तयारी तथा प्रतिकार्यका लागि दोधारा चाँदनी नगरपालिकामा गठन गरिएका ८ वडा विषयगत समितिका पदाधिकारी सम्मलित बाढीको पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घटना टेबल अभ्यास गरिएको बताए ।

एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले कुनै एउटा एजेन्सी, संघ–संस्था वा समितिको प्रयासले विपद् जोखिम न्यूनिकरण गर्न नसकिने बताए। पूर्व सूचना पाइसकेपछि सबै एजेन्सी, संघ–संस्था र समितिहरूले समयमै आफ्नो जिम्मेबारी बहन गर्ने हो भने, यस्ता विपदको सहजै प्रतिकार्य गर्न सकिने उनले बताए । यो नमूना घटना अभ्यासले सबैलाई सजग बनाएको उनको भनाई छ ।

यस अभ्यासमा नगरपालिकाले विपदको समयमा गर्ने क्रियाकलापहरू तथा निर्णय प्रक्रियाको समिक्षा भएको साथै आगामी दिनमा कुनै पनि प्रकारका विपद्को अग्रिम प्रतिकार्य, पूर्वतयारी र प्रतिकार्य गर्न सहज हुने सहभागीहरूले धारणा राखेका थिए।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालय विभिन्न शाखाका शाखा प्रमुख, जनप्रनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, विषयगत समितिका पदाधिकारी तथा पत्रकारको सहभागिता रहेको थियो।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.