कैलालीमा चम्पा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया – कैलालीको कैलारीमा चम्पा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार कैलारी गाउँपालिका – ४ “के” गाउँका ४० वर्षीय देवल चौधरीको चम्पा ट्याक्टर पार्कीङ गर्ने क्रममा दुर्घटनामा हुदा मृत्यु भएको हो ।

maya metro hospital

घर नजिकै पार्किङ गर्ने क्रममा चम्पा ट्याक्टर पराल राख्न गाडेको काठमा ठोकिदा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ । घाटीमा चोट गम्भिर घाइते भएका चौधरीको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याइएपनि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.