धनगढीकी सुनिता ६ दिनदेखि बेपत्ता

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोलकी २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि बेपत्ता छिन् ।

Karma Consultancy

उनी असार ११ गते दिउँसो आफ्नै घरबाट नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकीमा आजसम्म सम्पर्कमा नआएकी उनका भाइ निर्मल देउवाले बताए । सुनिताले घरबाट निस्किसकेपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी त्यसपछि भने उनको मोबाइल अफ रहेको निर्मलले बताए ।

citizen security services

प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसनसमेत थाहा हुन नसकेको उनले बताए ।

attariya hospital

सुनितालाई कसैले देखे नजिकको प्रहरी वा ९८४८७९५३६५ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.