कञ्चनपुरमा गृहमन्त्रालयको निर्देशन कार्यान्वयन भएन

कञ्चनपुर – गृह मन्त्रालयले सम्बन्धित स्थानीय तह र वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था मिलाइने भने पनि जनशक्ति अभावमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि ज्येष्ठ नागरिकले सास्ती पाउन थालेपछि मन्त्रालयले असार १० मा विज्ञप्ति जारी गर्दै उक्त निर्देशन गरेको हो ।

maya metro hospital

‘गृह मन्त्रालयले सम्बन्धित पालिकाबाटै परिचयपत्र वितरणको व्यवस्था मिलाउने कुरा वेबसाइटमा राखेको छ, तर हामीकहाँ परिपत्र आइपुगेको छैन,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘परिपत्र आए पनि जनशक्ति अभावका कारण अहिले नै स्थानीय तहबाटै सेवा दिन सकिने अवस्था छैन ।’ अहिले जिल्ला प्रशासनमा समेत परिचयपत्र वितरणका लागि जनशक्तिको अभाव भइरहेको उनले बताए ।

सरकारले कञ्चनपुर लगायत २८ जिल्लामा साउन मसान्तसम्म परिचयपत्र अनिवार्य गरेको छ । जेठ २४ मा सरकारले निर्णय गरेपछि जिल्ला प्रशासनमा ज्येष्ठ नागरिकको भीड लाग्न थालेको हो ।

attariya hospital

सामाजिक सुरक्षा भत्ता र पेन्सन बुझ्न समेत परिचयपत्र अनिवार्य गरेपछि भीड बढेको हो । एकै पटक ठूलो संख्यामा सेवाग्राही आएपछि प्रशासनमा सेवा प्रवाहमै समस्या भएको छ ।

पछिल्लो सयम गृह मन्त्रालयले साउन मसान्तको समय सीमालाई भदौ मसान्तसम्म बढाएका कारण पनि सेवाग्राहीको चाप घटेको छ । कतिपय फेरि वडाबाटै विवरण संकलनको आशामा छन्, तर कर्मचारीको व्यवस्थापन हुन नसके तत्काल सम्भव नहुने प्रशासनले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.