सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने

अत्तरिया- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशभर आंशिक देखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

maya metro hospital

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आइतबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिमसहित कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

attariya hospital

साथै कोशी, बागमती र गण्डकीका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकीका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.