कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा

टीकापुर – प्रहरी चौकी सत्तीका ईन्चार्जले जथाभावि होल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

maya metro hospital

टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा तथानाम गाली गलौज गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।

जनगुनासो आएपछि नियन्त्रणमा लिएर मापसे चेक गर्न पठाएको ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीका ईन्चार्ज डिएसपी विश्वराज अधिकारीले बताएका छन् ।

attariya hospital

उनले मदिरा सेवान गरी अनाहकमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.