कैलालीका ५ स्थानबाट भन्सार छलिको सामान बरामद

अत्तरिया – कैलालीका ५ स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ । प्रहरीले शनिबार धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका –४ बसपार्क धनगढी उपमहानगरपालिका – १५ स्थित हुलाकी सडक खण्ड, टीकापुर नगरपालिका – ७ सोनफाटा र भजनी नगरपालिका –५ गुलरीया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७२ हजार ६२५ मुल्य बराबरका सामान बरामद गरेको हो ।

Karma Consultancy

जसमा प्याज, चिनी, सुर्ती, कालो नुन, मल, खाने तेल, पेय पदार्थ, उलन सुट, सुटपिस, कुर्ता सुरवाल लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services

यस्तै प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका – ९ जमुनाडी, भीमदत्त नगरपालिका – १०बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका –१० पिएमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरेको छ । जसमा ७० हजार ९९० रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा, लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.