धनगढी – कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।


शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजासहित पक्राउ परेका हुन् ।

सिंहलाई २ किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
