खाेज्नुहाेस

गोदावरी – १० मा सञ्चालित कम्प्युटर तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा चैत महिनादेखी सञ्चालित उक्त तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
वडाध्यक्ष रविन्द्र शाह गुड्डु को सभापतित्वमा आयोजित समापन कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य इश्वरी रावल रहेकी थिईन । कार्यक्रममा तालिममा सहभागि महिला तथा किशोरीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । वडाभित्र रहेका युवायुवतीहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य इश्वरी रावलले वडामा रहेको किशोरकिशोरीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताईन । उनले वडामा विपन्न वर्गका नागरिकको बसोबास बढी भएको र सबैले अत्तरिया बजार गएर कम्प्युटर सिक्न सक्ने अवस्था नरहेकाले वडाले पहल चालेको बताईन । उनले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्न पनि आग्रह गरिन ।

attariya hospital
navjiwan hospital

यस्तै वडाध्यक्ष रविन्द्र शाही गुड्डुले वडामा रहेका चेलीबेटीहरुलाई प्रविधिमा सक्षम बनाउन वडा लागिरहेको बताए । उनले विपन्न वर्गका बालबालिकाहरुले अहिलेको अवस्थामा अनिवार्य जस्तै बनेको कम्प्युटर शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेका कारण वडा कार्यालयले आधारभुत कम्प्युटर तालिम प्रदान गरेको बताए ।

उनले समाज रुपान्तरणका लागि धेरै कुराको परिवर्तन गर्न आवश्यक रहेको भएपनि बजेटको अभावका कारण सबै कुरा एकैचोटी गर्न सकिने अवस्था नरहेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु वडाले आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

वडाको ३ लाख बजेटमा गत वर्ष चैत देखी सुरु भएको तालिममा वडाभरीका ४५ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई अमर राज भट्टराईले प्रशिक्षण दिएका थिए ।

maya metro hospital