नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी

धनगढी – नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल प्रेस युनियन कैलालीले शनिबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

Karma Consultancy

प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाले सदस्यता विवाद सामाधान नहुँदा सम्म निर्वाचन गर्न नहुँने भन्दै तालाबन्दी गरिएको बताए । उनले जिल्लाले सिफारिस गरेका सदस्यको केन्द्रबाट नाम काट्ने काम भएकाले त्यसलाई नसच्याउदा सम्म तालबन्दी यथाबत रहने बताए । महासंघले २२ गते चुनाव गर्ने भनेर आज (शनिबार) केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको थियो ।

citizen security services

तर युनियनले केन्द्रिय कार्यालय सँगै देशैभरीका कार्यालयमा तालाबन्दी गरेपछि पत्रकार महासंघको चुनाव फेरि प्रभावित हुने देखिएको छ । यसअघि प्रेस युनियन शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको थियो ।

attariya hospital

नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखिएको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.