कैलालीबाट विदेशी विनिमय अपचलन गर्ने सहित ३ जना पक्राउ

अत्तरिया – कैलालीबाट विदेशी विनिमय अपचलन गर्ने सहित ३ जना फरार प्रतिवादी पक्राउ परेका छन ।

maya metro hospital

जिल्ला अदालत कैलालीले जरीवाना ठहर गरेका ३ जना शुक्रबार पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा विदेशी विनिमय अपचलन मुद्दामा १ लाख ५५ हजार ५२० रुपैयाँ जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका – ५ का ३१ वर्षीय राम बहादुर विष्ट, बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धी मुद्दामा ३६ हजार ११४ रुपैयाँ जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका – ३ का ५६ वर्षीय डम्बर राम भण्डारी र लागू औषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका –२ का २६ वर्षीय शेखर सुनार रहेका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.