अत्तरिया – प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलिका अबैध सामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – ५ निसर्ग हस्पिटल नजिक र धनगढी उपमहानगरपालिका – १२ बटौरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रबाट ३३ हजार ९१५ मुल्य बराबरको प्याज,चिनी, सुर्ती, सरप, पुजाको तेल, आईसक्रिम स्टिक, पानको पात लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका – ९ चकमेली बजार र पुनर्वास नगरपालिका – ११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४६ हजार ७६० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । जसमा पेय पदार्थ, गुड, कुर्ती, गन्जि, लेडिज टाउजर लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ ।