सुदूरपश्चिम अटो यातायात प्रालिद्धारा सेभ हाउसलाई खाद्यान्न सहयोग 

अत्तरिया – सुदूरपश्चिम अटो यातायात प्रालिले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको छ । यातायात प्रालिले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तरगत सेभ हाउसलाई सहयोग गरेको हो ।

maya metro hospital

सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सीताराम कठायतले सेभ हाउसका बालबालिकालाई सहयोग पुगोस भन्ने उद्देश्यले शुक्रबार चामल २ कट्टा, मिक्स दाल ५ केजी, लगायत साबुन, कपडा धुने सोडा, स्याम्पु सहयोग गरिएको बताए ।

सुदूरपश्चिम अटो यातायात प्रालिले बुधबार ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग गरेको थियो । सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष कठायतले आगामी दिनमा पनि अत्तरिया क्षेत्रमा रहेको सामाजिक क्षेत्रमा काम गर्ने संघ सस्थाहरुलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने बताए ।

attariya hospital

हाल सुदूरपश्चिम अटो यातायात प्रालिमा १०५ वटा अटो आवद्ध छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.