धनगढीमा नगर प्रहरीलाई वाटर रेस्क्यु सम्बन्धी तालिम

धनगढी- शुक्रबारबाट धनगढी उपमहानगरपालिकामा नगर प्रहरीका लागि वाटर रेस्क्यु सम्बन्धी तालिम सुरू भएको छ ।

maya metro hospital

चार दिनसम्म चल्ने तालिममा शुक्रबार सैद्धान्तिक कुराहरूको सिकाइ हुने र तीन दिनसम्म ताल तथा नदीमा गएर नगर प्रहरीले अभ्यास गर्ने बताइएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलीले नगर प्रहरीलाई जल उत्पन्न प्रकोपको समयमा द्रुत उद्धार सम्बन्धी तालिम दिनेछ । सशस्त्र प्रहरी निरीक्षक भण्डारीले नगर प्रहरीलाई जल उत्पन्न प्रकोपको समयमा उद्धार तथा पुनर्स्थापना सम्बन्धी तालिम दिइने बताए ।

attariya hospital

उपमहानगरपालिकाले विपद्को समयमा नागरिकलाई सहयोग पुगाउन नगर प्रहरीको क्षमता विकास गर्न विभिन्न तालिम दिँदै आएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.