हिलोमा चिप्लिएर बस दुर्घटना, ८ जना घाइते

रामेछाप- रामेछापमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बा५ख ५६२४ नम्बरको बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका हुन् ।

maya metro hospital

बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।

घाइतेहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको ताथा गम्भीर भएकाहरूलाई काठमाडौँ पठाइएको छ । बसमा २५ जना सवार रहेका प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.