खाेज्नुहाेस

लघुवित्त कर्मचारी मञ्चको प्रथम वार्षिकोत्सव सम्पन्न

Image

अत्तरिया – लघुवित्त कर्मचारी मञ्च अत्तरियाको वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच मञ्चको प्रथम वार्षिकोत्सव सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष रामकृष्ण खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए । कार्यक्रममा बोल्दै वडासदस्य साउँदले लघुवित्तहरुले अत्तरियाक्षेत्रका किसानहरुलाई माथि उकास्न सहयोग गरिरहेको बताए । उनले ठुला बैंकहरुले बिस्वास नगरेका साना किसानहरुलाई लघुवित्तहरुले विस्वास गरेर लगानी लगाउने गरेको बताए । ‘यहाँका साना किसानहरुलाई लघुवित्तहरुले गरेको सहयोग अतुलनिय छ’ उनले भने ‘ठुला बैंकहरुले नपत्याएका किसानहरु लघुवित्तका कारण स्वरोजगार बन्न सफल भएका छन ।’

attariya hospital

उनले किसानहरुलाई ऋण दिँदा लघुवित्तहरुले पनि ध्यान दिनुपर्ने बताए । ‘लघुवित्तहरुले साना किसानहरुलाई ऋण प्रदान गर्दा पनि ध्यान दिन आवश्यक छ’ उनले भने ‘तपाईहरुले दिएको ऋण सहि सदुपयोग भएको छ की छैन, अनि तपाईहरुको ऋणबाट सदस्यले के गरीरहेको छ भन्ने विषयमा अनुगमन पनि तपाईहरुले गर्नुपर्छ ।’ उनले लघुवित्तहरुलाई माथि उकास्न वडा कार्यालयबाट खेल्नुपर्ने भुमिकाहरुका बारेमा आफुहरु सदैव तत्पर रहेको बताए ।

navjiwan hospital

कार्यक्रममा सहभागिहरुले लघुवित्तका बारेमा स्थानियस्तरमा फैलिएका अफवाहहरु न्यनिकरणमा लाग्न आवश्यक भएको बताएका थिए । लघुवित्तहरुले सदस्यहरुलाई विस्वास गरेर ऋण प्रदान गर्ने तर सदस्यहरुले लघुवित्त प्रति नै विस्वास नगर्ने परिपाटी मौलाएको प्रति निराशा प्रकट गर्दै सहभागिहरुले लघुवित्तको बारेमा नकारात्मक भ्रम फैलाउने अराजक तत्वहरुबाट सावधान रहन पनि सुझाएका थिए ।

maya metro hospital

कार्यक्रममा नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडका ईलाका प्रबन्धक शिवराम अधिकारी, डिप्रोक्स लघुवित्त वित्तिय संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख निलराज ढकाल, नेशनल लघुवित्त वित्तिय संस्थाका ईलाका प्रबन्धक अमरेश कुमार कुशवाह, गोदावरी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडका प्रबन्धक डिल्लीराज पनेरु लगायत मञ्चमा आवद्द सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

Karma Consultancy

मनोज कुमार पण्डितले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन मञ्चका सचिव एवम् हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडका शाखा प्रबन्धक दुर्गा थापाले गरेका थिए । गत वर्ष असारमा स्थापना भएको मञ्चमा गोदावरी नगरक्षेत्रका करिब १५ वटा लघुवित्तका कर्मचारीहरु आवद्द रहेका छन ।

यसैबिच वार्षिकोत्सवकै अवसरमा मञ्चले दहि चिउरा खाने कार्यक्रम पनि आयोजना गरेको थियो । असार १५ गते रहेको राष्ट्रिय धान दिवस एवम् दहि चिउरा खाने दिनलाई लक्षित गर्दै मञ्चले उक्त कार्यक्रम आयोजना गरेको थियो ।