धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते

अत्तरिया- धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-४ मा रहेको आर्मी ब्यारेक अगाडि छ लेन सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाइकलले आज पैदल यात्रीलाई ठक्कर दिएको हो ।

Karma Consultancy
belauri nagarpalika

धनगढीदेखि अत्तरियातर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको मोटरसाइकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिँदा चालकसहित दुबै जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

citizen security services

उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.