कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । बिहीबार गोदावरी नगरपालिका-५ गेटाबाट धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षका कमल भट्ट पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले २१० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.