खाेज्नुहाेस

बाजुराको एक कुखुरा फार्ममा लागुऔषध फेला, २ जना पक्राउ

Image
file photo

अत्तरिया- बाजुराको एक कुखुरा फार्ममा लागुऔषध फेला परेको छ । बिहीबार राति प्रहरीले बुढीगंगा नगरपालिका-७ वायल बस्ने २१ वर्षका बाबुराम खड्काको कुखुरा फार्ममा लागुऔषध फेला पारेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा कुखुरा फार्ममा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४१० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ, डिजिटल तराजु एक थान र ४१० मिलिग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।

add everest academy
attariya hospital

उक्त पदार्थसहित बाबुराम र खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बस्ने २६ वर्षका दीपक रावतलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।