खाेज्नुहाेस

कैलालीमा फरार रहेका सञ्जय पक्राउ

Image
navjiwan hospital

अत्तरिया- कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ बस्ने २४ वर्षका सञ्जय लुहार रहेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा २ हजार रुपैयाँ जरिबाना तोकी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।

attariya hospital