खाेज्नुहाेस

आफ्नै भाउजूको हत्या आरोपमा देवर पक्राउ

Image

महोत्तरी- महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजूको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै भाउजू ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

attariya hospital

यो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।