काठमाडौँ – सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको बागमती प्रदेशस्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ ।

नेपाल सामुदायिक पुस्तकालय संघको आयोजना, रिड नेपाल, संघीय शिक्षा मन्त्रालय तथा डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय काडमाडौँको सहकार्यमा बिहीबार डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको बागमती प्रदेशस्तरीय प्रथम सम्मेलन आयोजना गरिएको थियो ।


नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष सन्तोष रावलको सभापतित्वबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र प्रसाद पाण्डेयले गरेका थिए । कार्यक्रममा नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी प्रमुख अतिथि रहेका थिए ।
सो कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघ, सुदूरपश्चिम प्रदेश संयोजक पुष्पराज जोशीलाई गत ज्येष्ठ ११ र १२ गते अत्तरियामा आयोजित सामुदायिक पुस्तकालयहरूको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलन उत्कृष्ट रुपमा सम्पन्न गर्न योगदान पुर्याएकोमा कदर पत्र प्रदान गरिएको थियो ।