खाेज्नुहाेस

बाजुरामा कुपोषणबाट ग्रसित एक बालिकाको मृत्यु

Image

बाजुरा- बाजुरामा कुपोषणबाट ग्रसित एक बालिकाको मृत्यु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी दुमली विककी १७ महिने छोरी जमुनाको बुधबार मृत्यु भएको मुक्तिकोट शहरी स्वास्थ्य केन्द्रका प्रमुख वृज विकले बताए ।

navjiwan hospital

उनका अनुसार जन्मेदेखि नै ती बालिका कुपोषित थिइन् । पोषणयुक्त खानेकुरा नपाउँदा र आर्थिक अभावका कारण उपचार नपाउँदा कुपोषित बालिकाको मृत्यु भएको उनले बताए ।

attariya hospital

१७ महिने छोरी कुपोषणबाट प्रभावित भइरहँदा पेटमा अर्को बच्चा पनि रहेको र श्रीमान भारतमा रहेकाले छोरीको उपचार गर्न नसकेको दुमलीले बताइन् ।

मुक्तिकोट स्वास्थ्य चौकीले रिफर गरेकी ती बालिकालाई सदरमुकाम मार्तडीमा रहेको बाजुरा अस्पतालमा पोषण पुनर्स्थापना केन्द्र भएपनि त्यहाँ लैजान पैसा नहुँदा मृत्यु भएको बताइएको छ ।