सुदूरपश्चिम अटो यातायात प्रालिद्धारा ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग

अत्तरिया – सुदूरपश्चिम अटो यातायात प्रालिले ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग गरेको छ । यातायात प्रालिले अस्थायी ट्राफिक प्रहरी पोस्ट गेटा र राजपुर कैलालीलाई एक एक वटा स्ट्यान्ड बोर्ड सहयोग गरेको हो ।

maya metro hospital

उक्त बोर्ड सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सीताराम कठायतले चेकपोस्टमा खटिएका ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका थिए । बोर्डमा ‘कृपया रोक्नुहोस्, प्रहरी चेकिङ हुँदैछ’ लेखिएको छ ।

सुदूरपश्चिम अटो यातायात प्रालिले विगतदेखि नै विभिन्न सामाजिक काम सँगै अटोलाई व्यवस्थित गर्ने काम गर्दै आएको छ । केही दिन अघि मात्रै प्रालिले आफूखुसी मनलाग्दो रूपमा सञ्चालित अटोलाई व्यवस्थित गर्न अटोको भाडा दर तोक्ने, चालकको परिचय पत्र बनाउने काम गरेको थियो । अध्यक्ष कठायतले जेठ १६ गते बसेको प्रथम वार्षिक साधारण सभाको निर्णयले हाल अटो चालकलाई परिचय पत्र पनि अनिवार्य गरिएको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.