पहिरोमा बेपत्ता भएका ४ जनाको शव भेटियो

लमजुङ- लमजुङमा पहिरोमा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।

maya metro hospital

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोमा परि बेपत्ता भएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ ।

गएराति पहिरोले तीन वटा घर पुरिँदा बेपत्ता भएका उनीहरूको शव प्रहरी र स्थानीयवासीले भग्नावशेषबाट निकालेका हुन् ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.