लागुऔषधविरुद्धको दिवसमा बैतडी प्रहरीको प्रभातफेरी

अत्तरिया- जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार लागुऔषधविरुद्धको दिवसका अवसरमा प्रभातफेरी गरेको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रय दिवसको अवसरमा दशरथचन्द नगरपालिका-४ गोठालापानी बजारदेखि गडीसम्म प्रभातफेरी गरिएको हो ।

maya metro hospital

May be an image of 5 people, crowd and text

प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरी, प्रमुख अनुसन्धान अधिकृत डिगम्बर गिरी, शसस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगी, पत्रकार, सर्वसाधारण, सरकारी कर्मचारी, प्रहरी कर्मचारी, सशस्त्र प्रहरी कर्मचारी लगायत करिब ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

attariya hospital

May be an image of 8 people and clarinet

 

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.