पहिरोमा परी दुई बालबालिकाको मृत्यु

काठमाडौँ- पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

maya metro hospital

गएराति प्रकाशको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्माको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीया लालमायाको भने सकुशल उद्धार गरिएको छ ।

त्यस्तै हरिको घर पुरिँदा उनका छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.