सुदूरपश्चिमका थोरै ठाउँमा दिनभर हुन सक्छ वर्षा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा आज दिनभर वर्षा हुन सक्ने बताएको छ । सुदूरपश्चिमसहित लुम्बिनी र कर्णालीका थोरै ठाउँमा दिनभर नै मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको हो ।

maya metro hospital

त्यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा दिनभर मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको बताएका छन् ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.