लागूऔषध सहित कञ्चनपुरबाट कैलालीका २ युवक पक्राउ

अत्तरिया – प्रहरीले लागूऔषध सहित कञ्चनपुरबाट कैलालीका २ युवक पक्राउ गरेको छ । मंगलबार साँझ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका – ११ भिमबस्तीबाट कैलालीका २ युवकलाई पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ३ का १९ वर्षीय आशिष बहादुर धानुक र धनगढी – २ का १९ वर्षीय छत्र बहादुर सिंह रहेका छन ।

उनीहरुको साथबाट ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.