छानो उडाएर बिचल्लीमा परेकी गोदावरीकी गीताको परिवारलाई जस्तापाता सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ चौकीकी गीता नेपालीलाई जस्तापाता सहयोग गरिएको छ । हावाहुरीले घरको छानो उडाएपछि खुला आकाश मुनी बस्न बाध्य गीताको परिवारलाई १० थान जस्तापाता सहयोग गरिएको हो ।

maya metro hospital

उनलाई मङ्गलवार एमाले नेता गोकर्ण भट्ट, राम थापा, गणेश बिसीले सयुक्त रूपमा ९ फुट लम्बाइका १० थान जस्तापाता सहयोग गरेका हुन ।

नेता भट्टले गत हप्ता आएको हावाहुरीले घरको छानो उडाएपछि समस्यामा परेको गीताको परिवारलाई घरमै पुगेर जस्तापाता सहयोग गरेको बताए । उनले घरको छानो उडाएर बिचल्लीमा परेको परिवारलाई नजिकको स्थानीय सरकारले पनि सहयोग नगरेपछि आफूहरूले सहयोग गरेको बताए ।

attariya hospital

‘दैविक प्रकोपमा परेकाहरूलाई तत्काल स्थानीय सरकारले सहयोग गर्नुपर्ने हो’ उनले भने ‘एक साता बितिसक्दा पनि कसैबाट सहयोग नभएपछि हामीले आज घरमै पुगेर जस्तापाता सहयोग गरेका हौ ।’ सहयोगमा जस्तापाता पाएपछि गीताले खुसी व्यक्त गरेकी थिइन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.