२० वर्ष पुगेर विवाह गरे २० हजार रुपैयाँ दिइने

सप्तरी- सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गरे २० हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

maya metro hospital

दलित समुदायमा विभिन्न प्रयासबाट पनि बालविवाह हटाउन नसकिएकाले २० वर्ष पुगेपछि विवाह गर्ने किशोरीलाई २० हजार रुपैयाँ दिने कार्यक्रमले बालविवाह कम हुने अपेक्षा लिइएको नगरप्रमुख आतेशकुमार सिंहले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.