अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

काठमाडौँ- अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौँ अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको हो ।

maya metro hospital

कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौँको मोडल अस्पताल पुर्‍याएका थिए ।

उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.