विद्यालय गइरहेका बालकको खोलाले बगाएर मृत्यु

काठमाडौँ- मोरङमा विद्यालय गइरहेका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका-४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्यामलाई आज विद्यालय जाने क्रममा गोविने खोलाले बगाएको थियो ।

maya metro hospital

जनकल्याण माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत उनको शव केही तल भेटिएको हो । झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा गए रातिदेखि ठुलो पानी परिरहेको छ । बाढी सूचना केन्द्रले मोरङको बूढी खोलाको बाढीले सतर्कता तह पार गरेको भन्दै चेतावनी पनि जारी गरेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.