कञ्चनपुरमा वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ

कैलाली- कञ्चनपुरमा वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० शिवनगरका ३३ वर्षीय ओबजंग शाह वैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए ।

प्रहरीका अनुसार शाहकी श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई सोमबार पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा ल्याई हिरासतमा राखिएको छ ।

attariya hospital

मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.