चट्याङ लागेर दुई जनाको मृत्यु

आज बिहान चट्याङका कारण दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको कमल गाउँपालिकाका ४६ वर्षे राजन खड्का र गौरीगन्ज गाउँपालिकाका ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

maya metro hospital

उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै, गौरीगन्ज गाउँपालिका– ३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.