कैलालीको गौरीगंगाका विद्यालयमा ३ दिन बिदा

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा ३ दिन बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिइएको जनाएको हो ।

maya metro hospital

बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले ५ गतेदेखि ७ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.