अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित ३ पक्राउ

अत्तरिया- अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कस्थित शितल छाया होटेलबाट सञ्चालकसहित ३ जना पक्राउ परेका हुन् ।

maya metro hospital

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले सोमबार राति अनैतिक क्रियाकलाप गराउने होटेल सञ्चाकसहित अनैतिक क्रियाकलापमा संलग्न एक जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.