कञ्चनपुरको वेदकोटका विद्यालयमा फेरि बिदा

अत्तरिया- कञ्चनपुरको वेदकोट नगरपालिकाका विद्यालयमा फेरि गर्मी बिदा दिइएको छ । नगरपालिकाले ५ गते (भोलि)बाट ७ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिइएको सूचनामार्फत जनाएको हो ।

maya metro hospital

यसअघि असार २ गतेबाट ४ गतेसम्म विद्यालयहरुमा बिदा दिएको नगरपालिकाले अत्यधिक गर्मीले विद्यार्थीहरुको स्वास्थ्य तथा विद्यालयको पठनपाठनमा निकै समस्या भएको भन्दै बिदा थप गरेको छ । नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हिउँदे बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको सूचनामा उल्लेख छ ।

May be an image of text

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.