कैलाली- कैलालीका एक पुरुष पाँच दिनदेखि बेपत्ता छन् । जिल्लाको टीकापुर नगरपालिका-५ मनिकापुरका ५५ वर्षीय खुशीराम चौधरी जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएका स्थानीय अनन्त खड्काले बताए ।

दिउँसो मदिरा सेवन गरेर स्थानीय रानी कुलोमा पसेका चौधरी साँझ घर नपुगेपछि स्थानीयले उनको खोजी गरेका थिए । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत रहेको रानी कुलामा रोपाईका लागि पर्याप्त पानी रहेकाले खोजतलासमा समस्या हुँदा नहर नै बन्द गरेर आज बिहानैदेखि खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए ।
