कैलालीमा १९ दिन कैद तोकिएका रामकिसनसहित २ जना पक्राउ

अत्तरिया- कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका दुई जना सोमबार पक्राउ परेका हुन् ।

maya metro hospital

वन मुद्दामा १९ दिन कैद सजाय र १९ हजार ९६ रुपैयाँ जरिबाना तोकिएका जानकी गाउँपालिका-८ बस्ने ६० वर्षका रामकिसन चौधरी र लागुऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षका जनक बोहरा पक्राउ परेका प्रहरीले बताएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको बताएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.