कञ्चनपुरमा आगलागीबाट ३ लाख बढीको क्षति
कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानमा भएको आगलागीबाट ३ लाख बढीको क्षति भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा भएको आगलागीबाट ३ लाख २० हजार बराबरको क्षति भएको हो ।
दोधारा चाँदनी नगरपालिका – ३ चैतेटोलका राजु बिष्टको घरमा बिजुलिको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर, अन्नपात, लत्ता कपडा लगायतका सामान गरी अन्दाजी १ लाख २० हजार बराबरको धनमाल जलेर नष्ट भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ज्ञानेश जोशीको गोठमा आगलागी र उक्त आगलागीबाट एउटा भैसी सहित गोठ, काठ लगायतका सामान जलेर नष्ट भएको बताईएको छ । उक्त गोठमा भएको आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।