बैतडीमा खोटेसल्लाले मुहान सुकेपछि काफल रोप्ने तयारी

बैतडी – बैतडीमा खोटेसल्लाको वनले पानीका मुहान सुकाएपछि काफलका बिरुवा रोप्ने तयारी भएको छ । काफल रोप्न चार हजार खाडल खनिएका छन । काफलको रुख बाह्रै महिना हरियो हुने गर्छ । यो प्रजातिले पानी सञ्चित गर्ने भएको र काफलको फल बेचेर आम्दानीसमेत गर्न सकिने भएकाले यस्तो प्रजाति रोप्ने तयारी गरिएको हो ।

maya metro hospital

खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका–९, विशालपुरका सामुदायिक वनमा काफल रोप्न चार हजार खाडल तयार पारिएको वडाध्यक्ष लोकराज भट्टले बताए । प्रधानमन्त्री रोजगार कार्यव्रmम अन्तर्गत ९५ जना महिलाले खाडल तयार पारेको उनले बताए । उनले सल्लाका वनमा बर्सेनि आगलागी हुँदा अन्य हरियाली बिरुवा नाश भएपछि काफल रोप्न खाडल खनिएको बताए ।

स्थानीय असुर–मौजा सामुदायिक वनको टिकको लेकमा खाडल तयार पारिएको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताए । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष चार हजार खाडल खनेर पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव रामदत्त भट्टले बताए । सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको पाटन, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुक्दै गएका छन ।

attariya hospital

सल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पमा अन्य बिरुवा रोप्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका अधिकृत दिलीपकुमार यादवले बताए । उनका अनुसार यो वर्ष डिभिजन वन कार्यालयमार्फत काफलको वृक्षरोपण गर्ने तयारी भएको छ । खोटेसल्लाको वन क्षेत्र भएको शिवनाथ गाउँपालिकामा पानीका सबै मुहान सुकेपछि महाकाली नदीबाट पानी लिफ्ट गर्न ४४ करोड रुपियाँको गुरुयोजना तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.