अत्तरिया – आगामी आर्थिक वर्षको बजेट ५७ खर्ब ४ अर्ब ८४ करोड हुने अनुमान गरिएको छ ।

शुक्रबार प्रदेश सभाको चौथो अधिवेशनको सातौ बैठकमा अर्थमन्त्री सुरेन्द्र बहादुर पालले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन ।

उनले आगामी आर्थिक वर्षमा ३ दशमलव ५४ प्रतिशतले आर्थिक वृद्धिदर भई अनुमानित ५७ खर्ब ४ अर्ब ८४ करोड बजेट हुने बताएका छन ।

















