बैतडी – बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ ।

प्रभु बैंकले बुधबारदेखी एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए । (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको हो ।

बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

















