अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा सम्झौता अनुसारको काम बिनै भुक्तानी भएको देखिएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा सम्झौता अनुसार काम नभएपनि बिल भुक्तानी गरेको देखिएको हो ।

वडा नं. ४ को बसन्तपुर शान्ती टोलमा ग्रावेल र नाली निर्माण गर्ने सम्झौता गरिएको भएपनि सडक पानीपिच गरेवाफत भुक्तानी दिईएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले पनि सम्झौता ग्रावेल र नालिको गरेपनि कोटेशन भने पानी पिचको मात्रै मागेको प्रतिवेदनमा बताईएको छ ।
जसअनुसार निर्माण कम्पनिले पानी पिच गरेर सम्झौता विपरित कामगरेको भुक्तानी लगिसकेको छ । उक्त विषयमा यथार्थता एकिन गरी आवश्यक प्रमाणहरु पेश गर्न प्रतिवेदनले भनेको छ । प्रतिवेदनले यस्ता कार्यहरुमा नियन्त्रण गर्न नगरपालिकालाई निर्देशन पनि दिएको छ ।

















