कैलालीको सुधारगृहमा युवक मृत्यु प्रकरण : १२ जना कारागार चलान

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुनर्स्थापना सुधार केन्द्रमा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि नियन्त्रणमा लिइएका १२ जनालाई कारागार चलान गरिएको छ ।

maya metro hospital

उक्त सुधार केन्द्रमा वैशाख २५ गते राति सुनिलको हत्या भएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय सुखडले सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुमध्ये विपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट र कृष्ण तिमलसिना गरी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका र कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी र रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।

attariya hospital

त्यस्तै सञ्चालक खत्री ७ लाख, समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन् । मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.