खरिद नियमावली विपरित कृष्णपुरले भ्याट नभएका फर्मसँग खरिद ग-यो सामान

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मुल्य अभिवृद्धि कर (भ्याट) नभएका फर्म वा संस्थासँग सामग्रीहरु खरिद गरेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा नगरपालिकाले भ्याट नभएका फर्म वा संस्थाबाट सामग्री खरिद गरेको पाईएको उल्लेख गरिएको छ ।

maya metro hospital

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ मा सार्वजनिक निकायले बीस हजार रुपैया भन्दा बढी रकमको खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट भ्याट मा दर्ता प्रमाणपत्र प्राप्त फर्म वा संस्थासँग गर्नुपर्ने भएपनि त्यसो नभएको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले ४ लाख ४ हजार ४५ रुपैया भ्याटमा दर्ता नभएका फर्म वा संस्थासँग कार्यालयका सामग्री खरिद गरेको देखाएको छ ।

जसवाफत एलिना नास्ता पसलमा २१ हजार ४५५, आर.के.कटेज एण्ड रिसोर्टमा २२ हजार ४७५, समर्पण पुस्तक पसलमा २४ हजार ५८०, लक्ष्मी डिजिटल फोटो स्टुडियोमा ३२ हजार ५२०, दक्षिणकाली स्टेशनरी एण्ड सप्लायर्समा २९ हजार ५५०, नेहा पुस्तक सदनमा २ लाख ४० हजार १६५ र विवेक ट्रेड एण्ड सप्लायर्समा ३३ हजार ३ सय रुपैया नगरपालिकाले भुक्तानी गरेको छ । प्रतिवेदनले पालिकाले खरिद कार्य गर्दा नियमावलीमा भएको व्यवस्थाको पालना गर्नुपर्ने पनि बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.