आजको मौसम : सुदूरपश्चिममा आंशिक देखि साधारण बदली, हावाहुरीको पनि सम्भावना

अत्तरिया- हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

maya metro hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम, कोशी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.