कृष्णपुर नगरपालिकाको विद्युत र सवारी विमाको जरिवाना मात्रै १ लाख ३३ हजार

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्युत महसुल र सवारी साधनको बिमाको जरिवानावाफत मात्रै १ लाख ३३ हजार २४२ रुपैया बढी भुक्तानी गरेको देखिएको छ ।

maya metro hospital

विभिन्न समयमा गरिएको भुक्तानीमा पालिकाले विद्युत महसुलको जरिवानामा १ लाख ८ हजार ८३२ रुपैया भुक्तानी गरेको देखिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले समयमै विद्युत भुक्तानी गरी छुट लिनुपर्ने अवस्थामा ढिलो गरी भुक्तानी गर्दा जरिवाना समेत भुक्तानी गर्नुपर्ने देखिएको बताईएको छ ।

यस्तै सवारी साधनको विमाको जरिवाना वाफत नगरपालिकाले २४ हजार ४१० रुपैया बढी भुक्तानी गरेको छ । सरकारी सवारी साधनहरु समयमै नविकरण गरिसक्नुपर्नेमा नगरपालिकाले भने ढिलो गरी नविकरण गर्दा २४ हजार बढी जरिवाना भुक्तानी गर्नुपरेको हो ।

attariya hospital

नगरपालिकाले बुझाउनमा ढिलाई गरेकै कारण १ लाख भन्दा बढी रकमको घाटा बेहोर्नुपरेको स्थानियहरुले बताएका छन । उक्त कार्यहरु नियम संगत नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले उक्त भुक्तानी भएको रकमलाई अनियमित भएको रकमका रुपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.