अत्तरिया – कैलालीको धनगढीमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा जेठ २७ र २८ गते श्रमाधान रोजगार मेला भइरहेको हो ।


धनगढीको ओम प्यार्टी प्यालेसमा आयोजना हुने मेलाबाट दुई हजारभन्दा बढी जनालाई रोजगारीका अवसर प्रदान गरिने अपेक्षा लिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पु¥याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गरिएको बताए ।

पछिल्लो समय नेपाली युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै गएको छ । आन्तरिक रोजगारीतर्फ ध्यान नपु¥याउन सकिराखेको अवस्थामा आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न एउटा अभियानका रूपमा यो मेलाको आयोजना गरिएको हो । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न तथा कस्तो खालको सीपको आवश्यकता पर्छ भन्ने विषयलाई सम्बोधन गर्न मेलाले थप सहयोग गर्ने अपेक्षा लिइएको छ ।

मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरु रहेका छन् । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।